१२ श्रावण २०८१, शनिबार

नवलपुरमा बस र ट्रक ठक्कर खाँदा १७ जना घाइते

प्रकाशित मिति :  8 December, 2022 11:31 am


नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पूर्वनवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक ठक्कर खाएको थियो।

बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु २ ख ८९३ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सामान्य घाइते छन्। रासस



प्रतिक्रिया दिनुहोस !