६ जेष्ठ २०८१, आइतबार

नेकपा एमालेले बोलायो सचिवालय बैठक

प्रकाशित मिति :  8 December, 2022 3:52 pm


काठमाडौं । नेकपा एमालेले भोलि सचिवालय बैठक बोलाएको छ । एमालेले शुक्रबार पार्टी कार्यालय च्यासल ललितपुरमा समसामयिक राजनीतिक विषयवस्तुका विषयमा छलफल गर्न बैठक बोलाएको एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने उनले जानकारी दिए ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ। एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।



प्रतिक्रिया दिनुहोस !