५ जेष्ठ २०८१, शनिबार

कपिलवस्तुमा भएको दुर्घटनामा अर्घाखाँचीका खनालको मृत्यु

प्रकाशित मिति :  9 December, 2022 8:10 am


कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंगेमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा अर्घाखाँचीका १७ बर्षीय सम्राट खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

गम्भीर घाइते भएका खनाललाई थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको मृतकका बुवा समेत रहेका स्कुटर चालक लक्ष्मण खनाल भने सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ६५०१ नम्बरको ट्रकले लु ६२ प ८७८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

भित्री बाटोमा मुख्य राजमार्गमा प्रवेश गर्न लाग्दाँ ट्रकले स्कुटरलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !