१२ श्रावण २०८१, शनिबार

रुन्टीगढी गाउँपालिका वडा नम्बर २ को सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न

प्रकाशित मिति :  9 December, 2022 8:28 am



रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकाले बैंक मार्फत वडा नम्बर २ को वडा कार्यलयबाट सामाजिक सुरक्षा भत्ता बितरण सम्पन्न गरेको छ । वडादेखि बैंकसम्म पुग्न टाढा पर्ने लाभग्रहीलाई मध्यनजर गरेर वडाबाट बितरण गर्न सुरु गरेको हो ।

वडाबाट बितरण गर्दा लाभग्रहीहरू प्रत्यक्ष सहभागी हुने बैंकमा लाइन बस्ने झन्झबाट मुक्त हुनुका साथै लाभग्राहीहरूको यातायात खर्च पनि बच्ने गरेको छ ।

रुन्टीगढी गाउँपालिकाले यस वडासंगै पहिलो चरणको सामाजिक सुरक्ष भत्ता अहिले सम्म ७ वडाबाट बितरण गरिसकेको छ । अब वडा नम्बर ३ र ४ गरी २ वटा वडा मात्र बाँकी रहेका छन् ।

बाँकी वडाहरूमा पनि छिटै बितरण हुने तयारी भइरहेकोे जानकारी प्राप्त भएको छ ।

पहिलो चरणमा केही वडाहरूका लाभग्रहीहरूको कागजात मिलाउनु पर्ने भएकाले भत्ता बितरण केही ढिलाई भएको गाउँपालिकाले जनाएको छ ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले वडा नं. २ मा एक बृद्धलाई भत्ता उपलब्ध गराउँदै सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सुरु गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !