बैतडी जिप दुर्घटनामा चालकको मृत्यु
प्रकाशित मिति : 9 December, 2022 11:18 am
बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डँडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् ।
डँडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो ।
चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।