५ जेष्ठ २०८१, शनिबार

अर्घाखाँचीको शीतगंगा नगरपालिका-२ झोलुंगे पुल नजिकै कार दुर्घटना हुँदा ५ जना घाइते

प्रकाशित मिति :  10 December, 2022 2:50 pm


अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका-२ झोलुंगे पुल नजिकै कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

बा ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएका ५ जना मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
धार्मिक पर्यटकीयस्थल सुपादेउराली मन्दिरको दर्शन गरी फर्कंदै गर्दा कारको ब्रेक फेल भएर सडकबाट तल खस्दा ५ जना घाइते भएका हुन् ।

तनहुँ आँबुखैरेनीका एकै घरका परिवार सुपादेउराली दर्शन गर्न आएका थिए ।

घाइते हुनेहरूमा आँबुखैरेनीका २८ वर्षीय शिशिर त्रिपाठी, ५१ वर्षीया अन्शु त्रिपाठी,५५ वर्षीय लक्ष्मी त्रिपाठी, २५ वर्षीय प्रकृति त्रिपाठी र ३२ वर्षीय चालक सिसन त्रिपाठी रहेको प्रहरीले जनाएको छ ।

घाइतेको प्राथमिक स्वास्थ केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !