५ जेष्ठ २०८१, शनिबार

यी हुन् नेकपा माओवादी केन्द्रका १४ जना समानुपातिक सांसद

प्रकाशित मिति :  10 December, 2022 7:10 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ १४ जना प्रतिनिधि सदस्यको टुंगो लगाएको छ। पाएको मत अनुसार नेकपा माओवादी केन्द्रले १२ महिला र २ पुरुषको नाम छनोट गरेको हो ।

माओवादीबाट सांसद बन्नेमा आदिवासी जनतातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ छन्।

त्यस्तै खसआर्यतर्फ हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नरायणी शर्मा छानिएका छन् । थारुतर्फ रुपा सोसी चौधरी र दलिततर्फ रणेन्द्र बराली, सुशीला श्रीपाली ठकुरी छानिएका छन्।

मधेशीतर्फ मीना यादव र उमरावती देवी यादव चयन हुँदा मुस्लिमतर्फ कल्पना मियाँ सांसद चयन भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !