५ जेष्ठ २०८१, शनिबार

नेकपा एमालेले छान्याे समानुपातिक तर्फका सांसद

प्रकाशित मिति :  10 December, 2022 7:14 pm


काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फका ३४ सांसद चयन गरेको छ।

सबैभन्दा बढी मत प्राप्त गरेको एमालेले आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बालाई सांसद बनाएको छ ।

खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल सांसद बनेका छन् ।

थारुबाट आश्माकुमारी चौधरी र शान्ति चौधरी, दलिततर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पाश्वान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिणी राणा बराइली र हर्कमाया विश्वकर्मा सांसद छनोट भएका छन्।

मधेशीतर्फ गंगाप्रसाद यादव, अमृतराज लालवंशी, वीना देवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया र मुस्लिमतर्फ सराज अहमद फारुखी संसदमा छनौट भएको नेकपा एमालेले जनएको छ ।



प्रतिक्रिया दिनुहोस !