१२ श्रावण २०८१, शनिबार

राेल्पाकाे माडी आवाज एफएमकाे उपकरण चाेरी, प्रशारण बन्द

प्रकाशित मिति :  11 December, 2022 11:04 am


काठमाडाैं । राेल्पाकाे माडी गाउँपालिका वडा नम्बर २ घर्तीगाउँस्थित एफएफ स्टेसनकाे उपकरण चाेरी भएकाे छ ।

भावाङस्थित पुलवाङधुरीबाट रेडियो माडी आवाजकाे मुख्य उपकरण ट्रान्समिटर, व्यरेक्स र पावर सप्लाइ गत राति चोरी भएको स्टेसन म्यानेजर बुद्धिमान ओलीले बताए ।

ओलीले भने, “रेडियो माडी आवाज रोल्पाको रिले स्टेशन भावाङको पुलवाङधुरीबाट रेडियोको मुख्य उपकरण ट्रान्समिटर गएराति चोरी भएको छ । यो उपकरण रेडियो स्टेशन बाहेक अनेत्र कहि प्रयोग हुँदैन र उपकरणको लाइसेन्स समेत हाम्रो नाममा हुन्छ ।”

मुख्य उपकरण नै चोरी भएकाले अहिले प्रसारण अवरुद्ध भएको छ । अप्लिङको सामान समेत चोरी भएको स्टेशन म्यानेजर ओलीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !