१२ श्रावण २०८१, शनिबार

श्रीलङ्कका सरकारका डेरी विज्ञ रणधीर फेरेराद्वारा सेन्ट जर्ज स्कुल काठमाडौंका विद्यार्थीसँग अन्तरक्रिया

प्रकाशित मिति :  11 December, 2022 11:01 am


काठमाडौं । श्रीलङ्कका डेरी विज्ञ रणधीर फेरेराले सेन्ट जर्ज स्कुल हाँडीगाउँ, काठमाडौंका विद्यार्थीसँग अन्तरक्रिया गरेका छन् ।

नेपाल भ्रमणमा रहेका श्रीलङ्का सरकारका डेरी विज्ञका रूपमा काम गरिरहेका फेरेराले विद्यार्थीसँग अन्तक्रिया गरेका हुन् ।

भेटमा फेरेराले विद्यार्थी जीवनकालको आफ्नो अवस्थाबारे अनुभव आदानप्रदान गरेका थिए । विद्यार्थी माझ नेपाल र श्रीलङ्काबिचको धार्मिक सम्बन्धबारे समेत जानकारी गराएका थिए ।

उनले विद्यार्थीलाई मेहनत गर्न भन्दै मेहेनतले मात्रै सफल भइने उनको सुझाव थियो । फेरेरा विद्यालयको वार्षिक पुरस्कार वितरण कार्यक्रममा सहभागी भएका थिए ।

प्रत्येक शुक्रबारकाे कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीलाई फेरेराले पुरस्कार वितरण गरेका थिए । विद्यालय पुग्दा फेरेरालाई पञ्चकन्याले पुष्पगुच्छाले स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !