१२ श्रावण २०८१, शनिबार

फिन इलेक्ट्रो टेक: तेस्रो दिनमा २५ हजार बढीले गरे अवलोकन

प्रकाशित मिति :  11 December, 2022 12:30 pm


काठमाडौं । इलेक्ट्रो टेकको तेस्रो दिन शनिबार मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । मेलामा शनिबारमात्र २५ हजार बढीले अवलोकन गरेको बताइएको छ ।

मेलाकै क्रममा तेस्रो दिन विद्युतीय सुरक्षाको विषयमा विचार गोष्ठी अर्थात सिम्पोजियम पनि आयोजना गरिएको थियो । सिम्पोजियमको क्रममा इलेक्ट्रिसिटी सेफ्टीको विषयमा नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एसोसिएसनका अध्यक्ष ई एलआर तामाङले विशेष प्रस्तुति दिएका थिए ।

मेलामा चट्याङ रोक्ने उपकरण,अटोमेसन तथा सेन्सरयुक्त बत्ती, पंखाहरू, सेन्सरयुक्त वाटरप्रुफ सीसीटीभी क्यामेराप्रति अवलोकनकर्ताले विशेष रुचि राखेको आयोजकले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रद्वारा आविस्कार गरिएका विद्युतीय सामग्रीहरू,अत्याधुनिक इन्डक्सन सहितको ग्यास चुलो, भान्छाको फोहोरलाई मलमा रुपान्तरण गर्ने कम्पोस्टिङ मेसिनहरू पनि मेलाका विशेष आकर्षण बनेका छन् ।

मेला आयोजनाका सहयोगी संस्थाहरूमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान), नेपाल इञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामग्री उत्पादक संघ (नीमा), र नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एशोशियसन रहेका छन् ।

नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको प्रदर्शनीको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । प्रदर्शनीका ३ दिनमा गरी करिव ५२ हजार जनाले अवलोकन गरिसकेका छन् । ४ दिने प्रदर्शनीमा करिव ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकले जनाएको छ



प्रतिक्रिया दिनुहोस !