५ जेष्ठ २०८१, शनिबार

कलेजका २०७ विद्यार्थी परे ट्राफिक प्रहरीको कारवाहीमा

प्रकाशित मिति :  12 December, 2022 12:50 pm


फाइल फाेटाे

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३ जना ,कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारवाही गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै चेकिङकै क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य १८९ जना सवारी साधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।



प्रतिक्रिया दिनुहोस !