१२ श्रावण २०८१, शनिबार

पाल्पामा आगोले जलेर एक जनाको मृत्यु

प्रकाशित मिति :  12 December, 2022 2:19 pm


काठमाडौं । पाल्पाको रिब्दीकोटमा आइतबार बिहान ५ बजे आगोले जलेर एक जनाको मृत्यु भएको छ ।

रिब्दीकोट गाउँपालिका वडा नम्बर १ जोरपोखरीकोट बस्ने ७५ वर्षीय खिमबहादुर विककाे आफ्नै घरमा आगो तापिरहेका बेला एक कोठामा अचानक आगलागी हुँदा जलेर उनको मृत्यु भएको पाल्पा प्रहरी कार्यालयले जनाएको छ ।

खरले छाएको घरमा एक्कासि आगलागी हुँदा उनकाे जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !