२७ बैशाख २०८१, बिहिबार

अमेरिकामा काेराेरा असरः महिना दिनमै ७ लाखको रोजगारी गुम्यो

प्रकाशित मिति :  5 April, 2020 10:35 am


काठमाडौं, २३ चैत ।

कोरोना (कोभिड १९) संक्रमणको केन्द्र बनिरहेको अमेरिकी अर्थतन्त्र प्रभावित हुने क्रम बढेको छ । गत मार्चमा मात्र अमेरिकामा ७ लाख एक हजारले रोजगारी गुमाएका छन् ।

अमेरिकामा होटल, रेस्टरन्ट, शिक्षा सहित पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायमा रोजगार गुम्ने क्रम बढेको छ । अमेरिकी श्रम विभागले सार्वजनिक गरेको प्रतिवेदनमा अनुसार यो रोजगारी कटौती ११ वर्षमा सबै भन्दा धेरै हो ।

प्रतिवेदन अनुसार रेस्टुरेन्ट तथा बार क्षेत्रमा ४ लाख १७ हजार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा ७६ हजार, डेन्टिस्ट तथा फिजिसियन कार्यालयमा २९ हजार बाँकी १९ हजार अन्य क्षेत्रमा रोगारी गुमेको छ  ।

कोरोनाका कारण अमेरिकामा रहेका नेपालीसमेत प्रभावित बनेका छन् । कतिपय सुरक्षित स्थानमा पनि आफन्तको दबाबका कारण जागिर छाड्ने गरिएको छ भने असुरक्षित स्थानमा आफै जागिर छाड्नु पर्ने अवस्था आएको हो ।

र, याे पनि

अमेरिकामा ५०० नेपालीमा काेराेना संक्रमण



प्रतिक्रिया दिनुहोस !