१२ श्रावण २०८१, शनिबार

फीन इलेक्ट्रो टेक–२०२२ मा ७० हजारले गरे अवलोकन

प्रकाशित मिति :  12 December, 2022 5:13 pm


काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले भृकुटीमण्डपमा आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक–०२२’ मा ७० हजारले अवलोकन गरेका छन् ।

गत बिहीबार सुरु भएर आइतबारसम्म चलेको प्रदर्शनीमा इन्जिनियरिङ विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।

एक्स्पोमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एमालेका सचिव योगेश भट्टराई लगायत नेताहरुले मेलाको अवलोकन गरेका थिए ।

प्रदर्शनीका क्रममा विभिन्न कम्पनी र ब्रान्डका उत्कृष्ट स्टलहरुलाई पुरस्कृत समेत गरिएको थियो । त्यसमा एप्पल ग्रुपको विनय स्वीचले प्रथम स्थान हासिल गरेका थिए भने एनजी इलेक्ट्रिकल्सको इलेक्ट्रा इलेक्ट्रिक दोस्रो र प्रिमियर ओभरसिजको ओरिएन्ट र मित्तल ओभरसिजको ग्रेट व्हाइट तेस्रो भएको आयोजकले जनाएको छ ।

”नेपालको संवृद्धि उर्जा खपत अभिवृद्धि“ भन्ने मुल नारा रहेको चार दिने प्रदर्शनीको प्रदर्शनीमा ७५ वटा स्टल राखिएका थिए ।

विद्युतीय सामग्रीहरुको बृहत् प्रदर्शनी फीन इलेक्ट्रो टेक–२०२२ मा चट्याङ प्रतिरोधी उपकरण, प्यानासोनिक ब्राण्डको टच द फ्युचर,सेन्सरयुक्त सीसीटीभी क्यामेरा, अत्याधुनिक ग्यास चुलो,कम्पोष्टिङ मेसिन, फायर प्रुफ एल्लो पाइप रहेका नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव कोमल पोखरेल जानकारी दिए ।

नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरणहरु राखिएका थिए । फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्री समेत मेलाका आकर्षण रहेको आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !