१२ श्रावण २०८१, शनिबार

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

प्रकाशित मिति :  12 December, 2022 6:38 pm


अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका २ ठुलाखर्क भित्र सड़क स्थितमा लु ४ त९२२न को ट्रयाक्टर बालुवा लोड गरी खाकादेसी बाट ढाकावाङ तर्फ जाने क्रममा ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा भुमिकास्थान नगरपालिका वडा नम्बर २ ठुलाखर्कका ३५ बर्षिय ठाकुर पाण्डेको मृत्यु भएको हो ।

ट्याक्टर बाटो बाट करिब १५० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !