१२ श्रावण २०८१, शनिबार

रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउने तयारी गरेको भन्दै अनेरास्वियूको प्रर्दशन

प्रकाशित मिति :  13 December, 2022 10:52 am


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउने तयारी गरेको भन्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।

सरकारले चौधरी लगायतलाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेपछि विरोध सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस !