२७ बैशाख २०८१, बिहिबार

प्रदेश-५ का सीमा नाकामा थप उच्च सर्तकता,आउजाउ रोक्न नागरिक परिचालन र सुरक्षा गस्ती

प्रकाशित मिति :  5 April, 2020 11:20 am


रुपन्देही, २३ चैत । 

प्रदेश-५ सरकारले सिमा नाकामा थप सतर्कता अपनाउने र लकडाउनलाई कडापूर्वक लागु गर्ने गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले   रुपन्देही कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग छलफल गरेर सिमानाका र लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गराएका हुन् ।

छलफलमा केन्द्र र प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्न अन्तरजिल्ला संयोजन गरेर जाने निर्णय पनि गरेको मुख्यमन्त्री  पोखरेलले      जानकारी गराएका छन् ।

मुख्यमन्त्री शंकर पोख्रेलले भनेका छन्,‘प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसंग (कोभिड-१९) को नयाँ परिस्थितिका सन्दर्भमा छलफल भयो । सिमा क्षेत्रमा उच्चसतर्कता, लकडाउन व्यवस्थापन र कोभिड १९ को तयारीका सन्दर्भमा केन्द्र र प्रदेश सरकारको निर्णयको कार्यान्वयनका अन्तरजिल्ला संयोजन गरे अघि वढ्ने कुरा भएको छ ।’

छलफलमा सिमावर्ती क्षेत्रमा माइकिङ गरेर सिमावाट हुने अवैध आउजाउ रोक्न नागरिकलाई परिचालित गर्ने र सुरक्षा गस्ती समेत वढाउने समझदारी भएको मन्त्री पोख्रेलले जानकारी गराएका छन् ।

केन्द्र सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजाउ समेत रोक्ने निर्णय गरेपछि प्रदेश ५ सरकारले पनि त्यसलाई कडाईका साथ कार्यान्वयन गर्ने तयारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस !