१२ श्रावण २०८१, शनिबार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

प्रकाशित मिति :  13 December, 2022 5:33 pm


काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले पूर्वबाट पश्चिमतर्फ आइरहेको से ७ प २८४२ नं को मोटरसाइकल अनियन्त्रित भई चालक कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका ऐरको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !