१२ श्रावण २०८१, शनिबार

लुम्बिनी प्रदेशको स्थायी राजधानी आजदेखि औपचारिक रुपमा सञ्चालन, विशेष सामारोह हुँदै

प्रकाशित मिति :  14 December, 2022 8:18 am


देउखुरी । लुम्बिनी प्रदेशको स्थायी राजधानी औपचारिक रुपमा आजदेखि सञ्चालनमा, विशेष सामारोह हुँदै लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा आजदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आज दिउँसाे झण्डोत्तलन गरेर लुम्बिनी प्रदेशको स्थायी राजधानीको औपचारिक उद्घाटन हुने भएको छ ।

२०७७ साल असोज २० गते प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो ।

तर, पूर्वाधार निर्माण नभएकाले अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन हुँदै आएको थियो ।

राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं. १, २ र ३, अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ८ र ९ प्रदेश राजधानी क्षेत्र तोकिएको छ ।

राजधानी कार्यालयन्वयनका लागि केही दिने अघि मात्रै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरेको थियो । मुख्यमन्त्री कार्यालय सरेसँग राजधानी कार्यान्वन प्रकृया तिब्रताका साथ अगाडि बढेको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष एवं राजधानी व्यवस्थापन तथा सञ्चालन सहजिकरण मूल समिति संयोजक विष्टले स्थानीय कला संस्कृति झल्किने भेषभुषा सहितको झाकी, परम्परागत नृत्य,बाजा गाजासहित उपस्थिति हुन सबैलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !