१२ श्रावण २०८१, शनिबार

स्याङ्जाको आँधीखोलामा छाडियो २ लाख ८० हजार माछाका भुरा

प्रकाशित मिति :  14 December, 2022 11:27 am


स्याङ्जा । स्याङ्जाको आँधीखोला जलविद्युत केन्द्रको ड्याममा माछाका भुरा छाडिएको छ । नेपाल विद्युत प्राधिकरण कालीगण्डकी ए जलविद्यतु केन्द्र मत्य ह्याचरीको संयोजकत्वमा विभिन्न प्रजातिका २ लाख ८० हजार माछाका भुरा छाडिएको हो ।

गर्दि, हाडे, ठेड जातका भुरा छाडिएको केन्द्रले जनाएको छ। गल्याङ नगरपालिका वडा नम्बर ३ स्थित विपिसि ड्याम साईड आँधीखोला क्षेत्रमा गर्दि ८० हजार, हाडे १ लाख र ठेड १ लाख गरी २ लाख ८० हजार माछाका भुरा छाडिएको हो ।

कार्यक्रममा गल्याङ नगरप्रमुख गुरुप्रसाद भटराईले पछिल्लो समय आँधीखोलामा स्थानीय जातका माछाहरु लोभ हुँदै गएको भन्दै यहाँको रैथाने माछा संरक्षण गरेर माछा मारेर नै जिविकोपार्जन गर्दै आएका समुदायलाई समेत मध्यनजर गरेर गल्याङ नगरपालिका अगाडि बढ्ने र जलचर संरक्षणमा लागेको कुरा बताए।

कार्यक्रममा उपप्रमुख हेमा न्यौपानेले डयाम कालीगण्डकी केन्द्रले हरेक वर्ष माछामा भुरा छाड्दै आएको भन्दै अवैधानिक रुपमा जलचर तथा माछा मार्ने कार्यलाई न्युनीकरण गर्नुपर्नेमा जोड दिएकी थिइन्।

आँधीखोला जलविद्युतका प्रमुख डोलप्रसाद खरेलले नदी सबैको सार्वजनिक सम्पत्ती भएको र यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनु पर्ने कुरा बताए।

केन्द्रले हरेक वर्ष माछाका भुरा आँधीखोलामा छाड्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !