१२ श्रावण २०८१, शनिबार

पोखरा महोत्सवलाई सफल पार्न ग्रीन डेभलपमेन्ट बैंकले साथ दिने

प्रकाशित मिति :  14 December, 2022 5:14 pm


काठमाडौं । एघारौं पोखरा महोत्सवको बैंकिङ पार्टनरमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले साथ दिने भएको छ । युनाईटेड क्लव पोखराले आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा ग्रीन डेभलपमेन्ट बैंकले बैङ्किङ पार्टनरमा रहेर साथ दिने भएको हो ।

हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ र ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी बिच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सो अवसरमा बोल्दै ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले ग्रीन डेभलपमेन्ट बैंक सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको र युनाईटेड क्लब सँगको सहकार्यले आफुहरु निकै उत्साहित भएको बताउदैँ युनाईटेड क्लबको सामाजिक काममा सहकार्य गरेर आफुहरु अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यस्तै क्ल्बका अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले पोखरामा रहेको विभिन्न संघ संस्थाहरुको सहकार्य र सहयोगकै कारण पोखरा महोत्सव सफल भएको बताउदैँ युनाईटेडको सामाजिक अभियानमा सम्पूर्ण पोखरेलीको साथ र सहयोग आवश्यक रहेको बताए ।

महोत्सवको तयारी तीब्र रुपमा अगाडि बढिरहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !