१२ श्रावण २०८१, शनिबार

कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने लुम्बिनी प्रदेश सरकारकाे निर्णय

प्रकाशित मिति :  15 December, 2022 12:49 pm


भालुवाङ । लुम्बिनी प्रदेश सरकारले कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

राजधानीको औपचारिक सञ्चालनसँग बसेको मन्त्रिपरिषद् बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।

आवास सुविधाका लागि कर्मचारीलाई चार वर्गमा विभाजन गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तीलकराम शर्माले जानकारी दिए।

मन्त्रिपरिषद्को निर्ण अनुसार श्रेणीविहीन कर्मचारीलाई तीन हजार पाँच सय रुपैयाँ, चौथो, सहायक पाँचौं र अधिकृतसम्मलाई ६ हजार मासिक आवास सुविधा दिइने छ ।

मन्त्री शर्माले भने,“‘जसले यहाँ डेरा गरेर बस्नुहुन्छ उहाँ कर्मचारीलाई आवास सुविधाबापत घरभाडा दिने निर्णय भएको हो।

यो निर्णय यही बर्षका लागि मात्रै लागु हुन्छ’, मन्त्री शर्माले भने, ‘कर्मचारीले भोग्ने केही असुविधालाई अन्त्य गर्न आवास सुविधा दिने निर्णय भएको हो।”

प्रदेशका १३ मन्त्रालय र प्रदेश योजना आयोगमा समेत गरी ३ सय ३७ कर्मचारी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !