१२ श्रावण २०८१, शनिबार

निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझायो

प्रकाशित मिति :  15 December, 2022 12:58 pm


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाएको छ ।

शितल निवासमा आज आयोजित एक समारोहका बिच मुख्य निर्वाचन अधिकृत दिनेश कुमार थपलियाले मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका हुन् ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम बुधबार घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको थियो । आयोगले नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।

यसैगरी आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !