१२ श्रावण २०८१, शनिबार

‘होण्डाको दशैंको शुभ लाभ’का विजेता घोषणा

प्रकाशित मिति :  15 December, 2022 3:18 pm


काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैं तथा तिहार स्किम ‘होण्डाको दशैंको शुभ लाभ’ को विजेताहरु घोषणा गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले, ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ लाख र बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार प्राप्त गरेका छन् ।

‘होण्डाको दशैंको शुभ लाभ’ योजना अन्तर्गत प्रदेश १ बाट सत्य साई अटो सिटि प्रा।लिका दुर्गा देबी सापकोटा, प्रदेश २ बाट मिस्हिका इन्टरप्राइजका अमित कुमार शाह, प्रदेश ३ बाट एसटिसी टेकुका मनिशा बज्राचार्य, प्रदेश ४ बाट कुँवर ब्रदर्शका कृष्ण कुमार आले, प्रदेश ५ बाट अमृत इन्टरनेशनल प्रालिका बिष्णु पोखरेल, प्रदेश ६ बाट डानफे अटोपार्टस् एण्ड सप्लायर्सका सुनिता खत्री र प्रदेश ७ बाट उमा ट्रेडर्सका लक्ष्मण भट्टले १ लाख नगद उपहार प्राप्त गरेका छन् । त्यसै गरी चन्द्र बहादुर थापा सिद्धि विनायक अटो इन्टरनेशनल प्रालिले बम्पर उपहार १५ लाख प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !