१२ श्रावण २०८१, शनिबार

सायम कलेजले ब्यान्ड र भ्लग प्रतियोगिता आयोजना गर्ने

प्रकाशित मिति :  16 December, 2022 11:28 am


काठमाडौं । पूरानो बानेश्वर स्थित सायम कलेजका बीबीएमा (कृ) अध्यनतर विद्यार्थीले ब्यान्ड र भ्लग प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कलेजले पुस २ र ३ गते उक्त प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकका अनुसार पहिलो दिनमा नेपालका इतिहासिक व्यवसायको प्रचार प्रसारलाई झल्काउन भ्लग प्रतियोगिता गर्ने छ भने दोस्रो दिनमा संस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

नेपालमा इतिहासिक व्यवसायको प्रचार प्रसार लोप हुदैँ गएको संस्कृतिको उत्थान गर्नुका साथै नयाँ पुस्तालाई समेत यसको महत्वबारे थप अध्ययनको मौका प्रदान गर्नको लागि उक्त प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।

त्यस्तै भ्लग प्रतियोगितामा र ब्याटल प्रतियोगिता दश दशजनाको समूह सहभागी हुन पाउने छन् भने प्रथमलाई २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !