१२ श्रावण २०८१, शनिबार

म्याद गुज्रिएको एसियन पेन्ट्स नष्ट गर्न जग्गा खोज्दै वाणिज्य विभाग

प्रकाशित मिति :  16 December, 2022 1:41 pm


काठमाडौं । चाडपर्वमा घर रङ्ग्याए सजावटसहित चिटिक्क पार्ने चलन धेरै पहिलादेखि चल्दै आएकाे चलन हाे ।

समय फेरिदै गयाे माटाेका घरहरू सिमेन्टेड हुँदै गए । माटाे, चुना र गेरूले पाेतेर सजाइने घर कलरफूल रङ्गले सजाउन थालियाे ।

अहिले निर्माण गरिने कंक्रिट घरलाइ थरिथरिका रङ्गले आकर्षक पनि देखाउँछ । तर यस्ता रङ्ग बिक्रीका लागि बजारमा पठाउने उद्याेगीकाे बद्मासी र चाडबाडकाे मुखमा उपभाेक्ता ठग्ने उनीहरूले गर्ने कर्तुत पनि थरी थरीका छन् ।

नेपाली बजारमा अधिकांश उपभोक्तको विश्वास बटुल्न सफल एसियन पेन्ट्सकाे बद्मासीले अहिले कारवाहीकाे प्रक्रियामा चलिरहेकाे छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत कार्तिक १९ गते काठमाडौंको एक रङ्ग गोदाममा छापा मार्दा गुणस्तरहीन आठ हजार एसियन पेन्ट्सकाे डिब्बा (टिन) नियन्त्रणमा लिएको थियो ।

एसियन पेन्ट्सको गोदामबाट मिति सकिएका र रङ्गको डिब्बामा सुरूमा रहेको लेबल हटाई नयाँ मिति र मूल्यसहितको स्टिकर टाँसेर रिलेबलिङ गरी बिक्रीका लागि बजार लैजान तयारी अवस्थामा राखेको रङ्गको डिब्बा विभागले नियन्त्रणमा लिएको थियो ।

काठमाडौंको सतुंगल र ललितपुरको बालकुमारीस्थित गोदाममा राखिएका करिब एक करोड २० लाख रुपैयाँ मूल्य बराबरका रङ विभागले पाँचवटा गाडीमा राखेर बबरमहलस्थित कार्यालयमा ल्याएर राखेको विभागका महानिर्देशक महेश भट्टराईले बताए ।

महानिर्देशक भट्टराईले अवधि गुज्रिएको सबै रङ्गका डिब्बा विभागको गोदाममा ल्याएर राखेको जानकारी दिए ।

उनले भने, “त्यो रङ्ग फाल्नको लागि जग्गा अलिकति ठूलो चाहिने रहेछ । त्यसमा विषादी भएकाले जहाँ पनि फाल्न भएन । हामीले जग्गा खोजेका छौँँ । केही दिनमा नै हामीले नष्ट गर्छाै ।’’

रङ्गको अवैध बिक्री गर्दै आएको एसियन पेन्ट्स नेपाललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ६ लाख जरिवान गरेको छ भने नष्ट गर्दा लाग्ने लागात समेत कम्पनीले नै बोर्हेने महानिर्देशक भट्टराईले बताएका छन् ।

उनले भने, “हामीले यस्तो थाहा पाएपछि बजारमा रहेको सम्पूर्ण रंग कम्पनीमा छापा मारेका छौँ । जापनिज पेटन्सले पनि यस्तै क्रियाकलाप गर्दै आएको हामीले सुनेका छौँ । त्यसलाई पनि निगारानी गर्दै छौँ ।”

विभागले सबै स्थानीय तह र सबै जिल्लाका प्रशासनलाई पत्राचार गरेर रंगहरु फिर्ता गर्न समेत गरेको थियो भने सबै प्रशासनले उक्त रङ्गका डिब्बाहरु फिर्ता गरेको छ ।

उपयोग अवधि गुज्रिएका तथा वास्तविक मूल्यलाई मेटेर बढी मूल्यसहित रिलेबलिङ गरिएका उक्त कम्पनीका रङ बजारमा बिक्री भएको पाइएपछि विभागले दुईवटा गोदाममा एकैपटक छापा मारेको थियो ।



प्रतिक्रिया दिनुहोस !