१२ श्रावण २०८१, शनिबार

स्याङ्जामा विद्यालयका कम्प्युटर चोरी गरि बिक्रि गर्ने ७ जना पक्राउ

प्रकाशित मिति :  16 December, 2022 1:15 pm


स्याङ्जा । स्याङ्जा जिल्ला प्रहरी कार्यालयले विभिन्न विद्यालयबाट कम्प्यूटर चोरी गरी बिक्रि वितरण गर्ने ७ जनालाई पक्राउ गरेको छ ।

फेदिखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको आरुखर्क आधारभूत विद्यालय र राम्चेदेवी आधारभूत विद्यालयबाट कम्प्यूटरहरु, प्रिन्टरहरु, प्रोजेक्टर, मल्टीप्लग लगायतका सामाग्री चोरी गरी बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जा फेदिखोला गाउँपालिका वडा नम्बर ४ बस्ने २६ वर्षीय प्रेम विक, सोही ठाउँका २१ वर्षीय सुमन सुनार, पुतलीबजार नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षीय समिर सुना, लमजुङ, सुन्दरबजार नगरपालिका वडा नम्बर ११ घर भई हाल कास्की पोखरा वडा नम्बर ८ नागढुङ्गा बस्ने २९ वर्षीय राजु मजाकोटी, लमजुङ, सुन्दरबजार नगरपालिका वडा नम्बर ११ घर भई हाल कास्की, पोखरा महानगरपालिका वडा नम्बर १० रामबजार बस्ने २७ वर्षीय अमृत दरा,पोखरा महानगरपालिका वडा नम्बर २८ घर भई २६ बस्ने २९ वर्षीय प्रविन नेपाली र पोखरा महानगरपालिका वडा नम्बर २१ घर भई वडा नम्बर १७ बस्ने दिपेन्द्र पोखरेल रहेका छन् ।

पक्राउ परेकामध्ये फेदिखोला गाउँपालिकाका प्रेम विक, सुमन सुनार र पुतलीबजार नगरपालिकाका समिर सुनार चोरी संलग्न भएको र बाँकी चार जना चोरी भएको समान सप्लाई र खरिद विक्रीमा संलग्न भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द खनाल जानकारी दिए ।

उनीहरुलाई चोरी तथा डाँका मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !