२१ बैशाख २०८१, शुक्रबार

लुम्बिनीमा दुई महिनामा ६१ लाख दान संकलन

प्रकाशित मिति :  17 December, 2022 1:20 pm


बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दुई महिनामा भेटि बापत ६१ लाख २० हजार ८०६ रूपैयाँ दान पेटिकामा संकलन भएको छ ।

लुम्बिनी विकास कोषका अनुसार शुक्रबार सकाएको दानपेटीकाको भेटी गणनामा उक्त रकम संकलन भएको हो । आन्तरिक र वाह्य पर्यटकको संख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको काेषले जनाएककाे छ ।

अघिल्लोपटक तीन महिनामा एक पटक गणना गरिएकोमा यस पटक दानपात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना सुरु गरिएको हो । गत ३० असोज गरिएको भेटिगणनामा २७ लाख १८ हजार दानबापत रकम संकलन भएको थियो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको छ ।

अहिले लुम्बिनी भ्रमणको सिजन समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्यान्ड, म्यानमार, भियतनाम र यूरोपबाट समेत दर्शनार्थी आउने क्रम बढेको छ।

लुम्बिनी विकास कोषका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरिक अर्थात नेपालीले ८२ हजार २०५ जनाले भ्रमण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !