१२ श्रावण २०८१, शनिबार

नेसनल प्याब्सन बाँकेद्वारा जिल्ला स्तरीय एकदिवसीय अतिरिक्त क्रियाकलाप सम्पन्न

प्रकाशित मिति :  18 December, 2022 7:45 am


बाँके । नेसनल प्याब्सन बाँकेले जिल्ला स्तरीय एकदिवसीय अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको छ ।

शनिबार बैजनाथ गाउँपालिका ६ लालपुर स्थित न्यू हरियाली सामुदायिक बनको क्षेत्र भित्र रहेको बैजनाथ गाउँपालिकाको खेलमैदानमा कार्यक्रम सम्पन्न भएको हो ।

नेसनल प्याब्सन बाँके शाखामा आबद्ध ४३ निजी विद्यालयहरूको सहभागिता रहेको कार्यक्रममा कक्षा १ देखि ३ सम्म १०० मि. दौडमा ग्यालेक्सी स्टार स्कुलका राशिका चौधरी प्रथम, नोबेल स्कुलका रोशनी ओली द्वितीय र मेरी माउन्ट एकेडेमीका रोशनी थारू तृतीय भएका छन् ।

त्यस्तै कक्षा ४-५ गणित दौडमा शम्सेरगञ्ज स्कुलका श्रीधर बोहरा प्रथम लिटिल फ्लावर एकेडेमीका अभिषेक थारु द्वितीय, सिटिजन नमूना बोर्डिङ स्कुलका ऋषभ बुढाथोकी तृतीय भएका छन् ।

आधारभूत तर्फ १०० मिट छोटो दौडमा कक्षा ६-८ का छात्र दौडमा राप्तीसोनारी स्कुलका बिबेक चौधरी प्रथम, जनज्योति पब्लिक हाईस्कुलका बिपिन बुढाथोकी द्वितीय, पन्चमुखी इंगिल मिडियम स्कुलका सुवास खत्री तृतीय भएका छन् ।

माध्यमिक तह ९-१२ बक्तित्वकला प्रतियोगितामा नोबेल स्कुलका श्रधा बस्नेत प्रथम, तक्षशिला एकेडेमीका प्रतिज्ञा वाग्ले, द्वितीय र जनज्योति पब्लिक हाई स्कुलका गोबिन्द पौडेल, तृतीय भएका छन् ।

सामुदायिक नृत्यतर्फ पन्चमुखी मिडियम स्कुल प्रथम, जनज्योति पब्लिक हाईस्कुल द्वितीय र वेस्टर्न माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गर्न सफल भए ।

प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने सबैलाई प्रमाणपत्र मेडल र ट्रफी प्रदान गरिएको थियो भने सामुहिक नृत्य प्रथम र वक्तित्वकलामा प्रथम भएका विद्यद्यार्थीहरू आगामी पुस ९ गते लुम्बिनी प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुने छन् ।



प्रतिक्रिया दिनुहोस !