१२ श्रावण २०८१, शनिबार

चितवनमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

प्रकाशित मिति :  18 December, 2022 10:11 am


चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर २८ अन्द्रौली मेघौलीकी ७० वर्षीया भागिरथी सुवेदीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार शनिबार बेलुकी साढे ८ बजेतिर आँगनमा आगो तापिरहेकी सुवेदीलाई हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते भएकी उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।



प्रतिक्रिया दिनुहोस !