१२ श्रावण २०८१, शनिबार

महामन्त्री थापाद्वारा ‘हिकभिजन टावर’ को उद्घाटन

प्रकाशित मिति :  18 December, 2022 11:43 am


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–२ स्थित भङ्गालमा हिकभिजनको अत्याधुनिक भवन शुभारम्भ गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं ४ का नवनिर्वाचित सांसद गगनकुमार थापाले नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बुढानिलकण्ठ नगर प्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, बुढानिलकण्ठ – २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ एवं वडासदस्य समेतको उपस्थिति रहेको थियो । सो अवसरमा उनीहरूले भवनमा रहेका हिकभिजनका उत्पादन प्रदर्शनीको अवलोकन एवं जानकारी समेत लिएका थिए ।

उनीहरूलाई म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका सञ्चालक मनिकुमार तामाङ, प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारी, सञ्चालकद्वय शिवप्रसाद ढुङ्गाना, कमल तामाङले हिकभिजनका उत्पादनका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका अध्यक्ष तामाङले आम नागरिकको सुरक्षासंग सम्बन्धित उपकरण स्वदेशमा उच्च क्षमतामा जडान हुन सुरुवात भैसकेको र भविष्यमा नयाँ नयाँ आधुनिक उपकरण स्वदेशमा भित्र्याउँदै सुरक्षित राष्ट्र निर्माणमा योगदान दिने बताए। उनले भने, “ कम्पनीले विगत एक दशकदेखि सुरक्षा उपकरणसंग सम्बन्धित उपकरण स्वदेशमा भित्र्याउँदै आएको छ । दशरथ रंगशाला, धरहरा, गोदावरी सिटी हल, नेपाल राष्ट्र बैंक, भैँसेपाटीस्थित सांसद आवास लगायतमा कम्पनीले सिसिटिभी लगायतका अन्य उपकरण उपलब्ध गराउँदै आएको छ ।”

म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका प्रबन्ध निर्देशक अधिकारीले विगत दशकदेखि नेपालभरि आफ्नो बिक्रेता मार्फत हिक भिजनका उत्पादन बिक्री बितरण गर्दै आइरहेको बताए ।

उनले भने, “कम्पनी हिकभिजनका लागि नेपालको आधिकारिक बिक्रेता हो । गत वर्ष मात्रै हिकभिजन चीनको तथ्यांकमा नेपालका लागि सर्बााधिक विक्रेताका रूपमा रहेको जानकारी दिएको छ ।”

हिकभिजनले सिसिटिभी , एक्सेस कन्ट्रोल, मनिटर , हाजिरी मेसिन, भिडियो डोरफोन, ठुला लिड बोर्डस, पार्किङ सोलुसन, चेक प्वाइन्ट, ट्राफिक राडार क्यामेरा, स्मार्ट सिटी, स्मार्ट होम फायर एलराम, रुम व्यारियर जस्ता उपकरण उत्पादन गर्दै बिक्रीवितरण गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !