१२ श्रावण २०८१, शनिबार

धनगडीमा एनओजी राइड सम्पन्न

प्रकाशित मिति :  18 December, 2022 2:24 pm


काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगडीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

राइड शनिबार पुष २ गते धनगडी शोरुमबाट सुरु भएर शालिनी वाटिका एंड इको रिसोर्ट(गोदावरीमा पुगेर सम्पन्न गरेको थियो ।

उक्त राइडमा सहभागीहरू बिच विभिन्न गेमहरू पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गर्नुकाे साथै आकर्षक उपहारहरू पनि प्रदान गरिएको थियाे ।

करिब ५० जना राइडरहरू सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !