१२ श्रावण २०८१, शनिबार

वीर अस्पतालका १२ जना स्वास्थ्यकमी सम्पर्कविहीन, हाँजिर हुन आउन ३० दिने अल्टिमेटम

प्रकाशित मिति :  18 December, 2022 2:34 pm


काठमाडौँँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन भएका छन् ।

आइतबार सूचना जारी गर्दै अस्पतालले लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेर सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको खोजी सुरु हो ।

अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स गरी कुल छ जनाको नाममा तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ ।

तोकिएको अवधिमा उपस्थित नभए प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

न्याम्सले सूचना जारी गरेका स्टाफहरूमा रजिष्ट्रार/ ट्युटर डा.सृष्टि शाह र स्टाफ नर्सहरू (पाँचौँ तहका)जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन् ।

यस्तै युनिफाइड केन्द्रीय अस्पतालले पनि सूचना जारी गर्दै युनिफाइड अस्पताल अन्तर्गतको वीरमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई ३० दिनभित्र हाँजिर हुन आउन सूचना जारी गरेको छ । युनिफाइड केन्द्रीय अस्पतालका स्वास्थ्यकर्मी अनमीद्वय छैटौं तहका साहिदा सुब्बा र अनिता बसेल छन् । यस्तै पाँचौं तहका स्टाफ नर्सहरू सकिला चौलागाईं, अञ्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारी रहेका छन् ।

सूचनामा तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ ९ज० बमोजिम कारवाही हुने उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !