१२ श्रावण २०८१, शनिबार

संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर अगाडि बढ्न सभापति पुनकाे सुझाव

प्रकाशित मिति :  18 December, 2022 4:42 pm


काठमाडौं । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर अगाडि बढ्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग भेटेर पुनले संसदीय दलको नेतृत्वका लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाएर अगाडि बढ्न सुझाव दिएका हुन् ।

अहिले संसदीय दलको नेताका लागि संस्थापन इतर समुहबाट शेखर कोइराला र गगन थापाले दाबी गरिरहेका बेला सभापति पुनको यस्तो सुझाव आएको हो । साझा उम्मेदवार दिन सकेमात्र समूह र कांग्रेस बच्ने सभापति पुनको भनाई छ ।

सभापति पुनले राष्ट्रिय राजनीति, संघ र प्रदेश सरकार गठन लगायतका विषयमा समेत उपसभापति पुनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !