१२ श्रावण २०८१, शनिबार

नेक्सन इभी टेस्ट : काठमाडौँमा ३४७ किमीसम्म रेन्ज

प्रकाशित मिति :  18 December, 2022 5:48 pm


काठमाडौँ । टाटाको नेक्सन इभीले काठमाडाैँ उपत्यकामा ३४७ किलोमिटरको रेन्ज निकालेको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सह आयोजनामा सम्पन्न “नेक्सन् इभी रेन्ज टेस्ट २०२२” मा यस्तो रेन्ज आएको हो ।

वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको टेस्टमा टाटा नेक्सन इभी हुने ग्राहकहरूको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो ।

यस दौरान नेक्सन ईभीको काठमाडौँ सडकमै ३४७ किमी सम्मको रेन्ज निकाल्न सफल काठमाडौँ निवासी सलिम श्रेष्ठ प्रथम भएका थिए भने ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोश्रो बनेका थिए ।

त्यसै गरी ३२१ किमि रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदिप न्यौपाने तेस्रो भएका थिए । टेस्ट कार्यक्रममा सहभागी मध्ये १४ जना ले ३०० किमिभन्दा बढी रेन्ज निकालेका थिए ।

उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरूलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले सम्मान पदक र प्रमाण पत्रका साथ ४३ ईञ्चको सामसुङ स्मार्ट एलईडि टिभी जितेका थिए ।

त्यसै गरी दोश्रो बनेका भरत पुडासैनि र अनिश कावराले २८ लिटरको सामसुङ ओभेन जितेका छन् भने तेश्रो स्थानमा रहेका तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसुङको भ्याकुम क्लिनर जितेका थिए ।

विद्युतसीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरूप्रति ग्राहकवर्गको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले जानकारी दिए ।

सिप्रदी ट्रेडिङ नैकापबाट समुद्घाटन गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभीको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस !