१२ श्रावण २०८१, शनिबार

एकीकृत समाजवादीको संसदीय दलको बैठक आज दिउँसो बस्दै

प्रकाशित मिति :  19 December, 2022 8:49 am


काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।

केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले दलको नेता चयन गर्नेसमेतको प्रयोजनका लागि बैठक बोलाएको हो ।

एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ । बैठकमा नयाँ सरकार गठनबारे दलहरूबिच भइरहेको छलफलबारे अध्यक्ष नेपालले जानकारीसमेत गराउने एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !