१२ श्रावण २०८१, शनिबार

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

प्रकाशित मिति :  19 December, 2022 11:22 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् ।

सोमबार (आज) बसेको दलको बैठकले पार्टी सभापति लामिछानेलाई दलको नेतामा चयन गरेको पार्टीका सह महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

बुर्लाकोटीका अनुसार दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेतामा अनुमोदन गरेको हो ।

त्यस्तै अहिले ११ बजे बोलाएको केन्दीय समितिको संयुक्त बैठकले संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने बुर्लाकोर्टीले बताए

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।



प्रतिक्रिया दिनुहोस !