नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन भोलि बिहान

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचन बुधबार (भोलि) बिहान हुने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले भोलि दलको नेता चयन गर्न मिति तोकेको हो ।
आज आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा ती सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
निर्वाचन समितिमा संयोजक आङ्दम्बेसहित केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली (स्नेही) सदस्य रहेका छन् ।
सोमबार बिहान पार्टी कार्यालय सानेपामा बसेको निर्वाचन समितिको बैठकले निर्वाचनको समय तालिका बनाएको संयोजक आङ्दम्बेले जानकारी दिए ।
उनका अनुसार आजै मतदाता नामावली प्रकाशित गरिने छ र त्यसपछि दाबी–विरोध हुन्छ । अन्तिम नामावली प्रकाशित हुन्छ र संसदीय दलको चुनावमा प्रतिनिधिसभाका सांसदहरूले मतदान गर्नेछन् ।