१२ श्रावण २०८१, शनिबार

पूर्वमन्त्री आलेलाई मातृशोक

प्रकाशित मिति :  20 December, 2022 10:41 am


काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।

उनकी आमा गङ्गादेवीको आज बिहान ४ बजे ७८ बर्षको उमेरमा काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ ।

उच्च रक्तचापका कारण गएको मङ्सिर ११ उनलाई डोटीबाट उपचारका लागि काठमाडौं ल्याई अस्पताल भर्ना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !