१२ श्रावण २०८१, शनिबार

अन्तिम समयमा गगनलाई सघाउन शेखर सहमत, अब संसदिय दलको चुनावमा देउवा भर्सेस गगन

प्रकाशित मिति :  20 December, 2022 12:47 pm


काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा संसदीय दल नेताका लागि एकल उम्मेदवार हुने भएका छन् ।

लौनचौरस्थित एम्बास्डर होटलमा भएको संस्थापनइतर समूहको छलफलमा महामन्त्री गगन थापा र नेता शेखर कोइराला दुवै नेताले संसदिय दलको नेतामा उम्मेदवारी दिने आ-आफ्नो अडान राखेका थिए ।

छलफलमा सहभागी अन्य नेताले इतर पक्षबाट एकजना साझा उम्मेदवार भएमात्रै जित्न सकिने अडान राखेपछि अन्नत शेखर गगनलाई सघाउन सहमत भएको बुझिएको छ । १५ औं महाधिवेशनमा महामन्त्री थापासहितले नेता कोइरालालाई सहयोग गर्ने समझदारीमा नेता कोइरालाको प्रस्तावमा महामन्त्री थापा संसदीय दल नेता उठ्ने समझदारी बनेको छ।

सहमतीपछि कोइरालाले थापाको नाम संसदीय दलको उमेदवारको रुपमा प्रस्ताव गर्दा उपसभापति धनराज गुरुङले समर्थन जनाएपछि उपस्थित करिब तीन दर्जन सांसदले एक मतले समर्थन जनाएकाे छलफलमा सहभागी एक नेताले बताए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दल नेताको उम्मेदवारका लागि गगन थापालाई समर्थन गर्ने यसअघि नै बताइसकेका छन्।

अब सिंहदरबारनजिकै रहेको बसेरा होटलमा नेता कोइराला र महामन्त्री थापा उपस्थित भएर नवनिर्वाचित सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम छ। त्यसअघि कोइराला र थापाबीच वान टु वान कुराकानी पनि हुने छलफलमा सहभागी एक नेताले बताए।

अब संसदीय दल नेताका लागि देउवा र गगनबीच प्रतिस्पर्धा हुने देखिएको छ।



प्रतिक्रिया दिनुहोस !