एकिकृत समाजवादी अध्यक्ष नेपाल अस्पताल भर्ना
प्रकाशित मिति : 20 December, 2022 3:22 pm
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि.वि. शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। नेपालको उपचारमा शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ ।
संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको उनकाे सचिवालयले जानकारी दिएकाे छ ।








