१२ श्रावण २०८१, शनिबार

कांग्रेस संसदीय दलको निर्वाचन आज

प्रकाशित मिति :  21 December, 2022 8:05 am


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ ।

पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन् । उनको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । गगन थापाका प्रतास्वक नेता शेखर कोइराला रहको छन् भने थापालाई पार्टीका उपसभापति समेत रहेका सांसद धनराज गुरुङ, महामन्त्री विश्व प्रकाश शर्मा र प्रदीप पौडेल साथ दिएका छन् ।

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !