१२ श्रावण २०८१, शनिबार

चोरीको मोटरसाइकल सहित एक व्यक्ति पक्राउ

प्रकाशित मिति :  21 December, 2022 11:25 am


काठमाडौँ । मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशि गाँउपालिका घरभइ हाल काठमाडौँको बुढानिलकण्ठ बस्ने २८ वर्षीय वाङजु लामा रहेका छन्।

उनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले मोटरसाइकल सहित सोमबार पक्राउ गरेको हो ।

गत कार्तिक २५ गते स १० प १३ २७ नम्बरको २२० सि सिको पल्सर मोटरसाइकल ललितपुर महानगरपालिका १८ मगरगाँउबाट हराएको निवेदन कार्यालयमा दर्ता भएको थियो।

उक्त निवेदनको आधारमा खोजतलास गर्ने क्रममा सोमबार बानेश्वरबाट लामालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !