१२ श्रावण २०८१, शनिबार

टिप्परको ठक्करबाट बालकको मृत्युपछि कैलालीको गोदावरी तनावग्रस्त

प्रकाशित मिति :  21 December, 2022 11:22 am


फाेटाे : भरत बिक्रम शाह

कैलाली । कैलालीमा टिपरले अटो रिक्सालाई ठक्कर दिदाँ बालकको मृत्यु भएपछि कैलालीको गोदावरी तनावग्रस्त बनेको छ ।

बालकको मृत्युपछि मृतकका परिवार र आफन्तले क्षतिपूर्ति र कारबाहीको माग गर्दै महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् । स्थिति तवानग्रस्त बनेपछि प्रहरीले यतिबेला २० राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार बिहान सुदूरपश्चिम प्र ०१००१ क २०२० नम्बरको टिप्परले सुदूरपश्चिम प्र ०१००१ ह ४९१८ को अटोलाई ठक्करले अटोमा सवार गोदावरी नगरपालिका–७ का ३ वर्षीय बालक भरत ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

दुर्घटनामा उनकी आमा र अटो चालक २८ वर्षीय मोहन बोहरा घाइते छन् । उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक धनगढी उपमहानगरपालिका–७ बस्ने ४२ वर्षीय प्रदीप चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

तस्बिर: भरतविक्रम शाह



प्रतिक्रिया दिनुहोस !