१२ श्रावण २०८१, शनिबार

सायम कलेजले आयोजना गरेको ब्यान्ड र भ्लग प्रतियोगिता सम्पन्र

प्रकाशित मिति :  21 December, 2022 12:25 pm


काठमाडौँ । पूरानो बानेश्वर स्थित सायम कलेजका बीबीएमा अध्यन्रत विद्यार्थी (क्रि क्रियसन एण्ड कनेक्टिङ्ग) ले आयोजना गरेको (झलक)भ्लग र साँस्कृतिक ब्यान्ड ब्याटल प्रतियोगिता सम्पन्र भएको छ ।

कलेजले पुस २ र ३ गते उक्त प्रतियोगिता आयोजना गरेको थियो ।

आयोजकका अनुसार पुस २ गते पहिलो दिनमा नेपालका इतिहासिक व्यवसायको प्रचार प्रसारलाई झल्काउन भ्लग प्रतियोगितामा सर्हश कृष्ण श्रेष्ठ, लिभिषा ढंगोल र शरस खत्री विजय भएका छन् । उत्त प्रतियोगितामा पाँच वटा कलेजको सहभागी रहेका थिए । यस प्रतियोगितकाे जुरी प्यानलमा कुन्दन मिश्र, रोनिशा थापा र विशाल गुरुङ रहेका थिए ।

त्यस्तै पुस ३ गते दोस्रो दिन आयोजना गरिएको साँस्कृतिक ब्यान्ड ब्याटल कार्यक्रममा किङ्ग कलेजका संगीतराज केस, अन्नत थापा र रिवाज बस्ताकोटी विजयी भएका थिए । प्रतियोगितामा चार वटा कलेजको सहभागी रहेका थिए ।उक्त प्रतियोगितकाे जुरी प्यानलमा डिजे एलेक्स पौडेल र अप्सरा घिमिरे रहेका थिए । प्रतियोगितामा उद्घोषकमा पुरशोतम मलिक र आशी गुरुङ रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !