१२ श्रावण २०८१, शनिबार

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले लिए सपथ

प्रकाशित मिति :  21 December, 2022 2:56 pm


काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान अनुसार जबराले शपथ लिएका हुन् ।

४ मंसिरको चुनावबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यले बिहीबार दिउँसो १ बजे शपथ लिनेछन् ।



प्रतिक्रिया दिनुहोस !