१२ श्रावण २०८१, शनिबार

बालबालिकालाई स्टेशनरी सामग्री वितरण गर्दै लक्ष्मी ग्रुपले मनायो ४९ औं वार्षिकोत्सव

प्रकाशित मिति :  21 December, 2022 4:25 pm


काठमाडौँ। लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ ।

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो माउ कम्पनी लक्ष्मी ग्रुपको ४९ औं वार्षिकोत्सवको अवसरमा बालबालिकालाई सामग्री वितरण गरेको हो ।

सेरेब्रल पल्सी सेन्टरको माग अनुसार कम्पनीले उक्त सामग्री वितरण गरेको हो । हुन्डाई नेपालले लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ । कम्पनीले मस्तिस्क घात भएका व्यक्तिहरूलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरू गर्दै आएको छ ।

साथै, सेरेब्रल पल्सी सहायता समूहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपमा सशक्तीकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आबद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्रीहरू बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ ।

सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रूपमा मिठाई उत्पादनबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप कन्फेक्शनरी, ट्रेडिंग लगायत अन्य उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको समूह बनेको छ ।



प्रतिक्रिया दिनुहोस !