१२ श्रावण २०८१, शनिबार

अत्याधिक धूँवा फाल्ने २२ ओटा सवारी साधन कारवाहीमा

प्रकाशित मिति :  22 December, 2022 11:28 am


काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेमा बुधबार गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने २२ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेकाे छ ।

अत्याधिक धूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ ओटा सवारी साधन कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले बुधबार बिहान सोह्रखुट्टेमा ४० वटा सवारी साधनलाई चेक गर्दा २२ वटा कारवाहीमा गरेकाे हो ।

कारवाही गरिएका सवारी साधनलाई वातावरण विभाग बबरमहल पठाएकाे वरिष्ठ उपरीक्षक भट्टले बताए ।



प्रतिक्रिया दिनुहोस !