१२ श्रावण २०८१, शनिबार

२५ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

प्रकाशित मिति :  22 December, 2022 11:36 am


काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँबाट हराएका २५ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ ।

बुधबार विभिन्न मितिमा हराएका २५ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

रामशाह पथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी २० वटा मोटरसाइकल र ५ ओटा स्कुटर धनीलाई बुझाएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका २४८ वटा सवारी साधन माथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जसमध्ये साउन महिनामा ७३ ओटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा र मंसिरमा ३७ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !